भारतको अर्थतन्त्र ७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

लोकपथ
7
Shares

काठमाडौं । भारतकी वित्त मन्त्री निर्मला सीतारमण नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी छन् । संसदमा बुधबार आर्थिक वर्ष २०२३/०२४ को बजेट सार्वजनिक गर्दै मन्त्री सीतारमणले भारतीय रुपैयाँ ७ लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने घोषणा गरेकी छन् ।

यसअघि ५ लाख भारूसम्म कमाउने आयकर तिर्नु नपर्ने व्यवस्था थियो । भारतले ५ लाखभन्दा माथि लाग्ने गरेको १० प्रतिशत करको सीमामा हेरफेर गरेर प्रगतिशील बनाएको छ । अब ३ लाखसम्म कर कुनै पनि कर कर लाग्ने छैन भने ३ देखि ६ लाखसम्म ५ प्रतिशत, ६ देखि ९ लाखसम्मको १० प्रतिशत, ९ देखि १२ लाखसम्म १५ प्रतिशत, १२ देखि १५ लाखसम्म २० प्रतिशत लाग्ने व्यवस्था गरिएको छ ।

बजेट सार्वजनिक गर्दै मन्त्री सीतारमणले हरित ऊर्जामा लगानी बढाउने र चाँदी र चुरोटमा भन्सार कर बढाउने बताएकी छन् । उनले आउने वर्ष भारतको अर्थतन्त्र ७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?