काठमाडौं । अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल आइपुगेकी छन्।
नुल्यान्ड आइतबार साँझ दुई दिने भ्रमणका लागि काठमाडौं आएकी हुन्।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार न्युल्यान्डले सोमबार बिहानदेखि राजनीतिक भेटवार्ता गर्नेछिन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्र मन्त्री विमला राई पौड्याल लगायतसँग भेटवार्ता गर्नेछिन्।
३३ वर्षदेखि अमेरिकी कूटनीतिज्ञ रहेकी उपविदेश मन्त्री नुल्यान्डले राष्ट्रपति बाइडेन, ओबामा र बुस नेतृत्वका सरकारहरूअन्तर्गत थुप्रै उच्च पदहरू सम्हालेकी छन्।
काठमाडौंस्थित अमेरिकी दूतावासले सो विषयमा जानकारी दिँदै भनेको छ, ‘नेपाल भ्रमणको क्रममा उहाँले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गरी दुई देशबिचको बलियो दौत्य सम्बन्धमाथि जोड दिनुहुनेछ। साथै उहाँले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अनुभव पनि सँगाल्नुहुनेछ। यस्ता सांस्कृतिक सम्पदालाई सहयोग गर्न पाउँदा हामीलाई गर्व लाग्दै आएको छ,’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया