सुनथराली विमानस्थलमा कालोपत्र गरिँदै

लोकपथ
28
Shares
sf]6jf8f ljdfg:yn dfGd, ( df3M sfnLsf]6sf] g/xl/gfy ufpFkflnsf–!, sf]6jf8fl:yt sfnf]kq] x’Fb} u/]sf] ;’gy/fnL ljdfg:yn . tl:a/ M lddaxfb’/ /fjn÷/f;;

मान्म । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने र नाला बनाउने काम सकिन लागेको छ ।

विसं २०४२ मा विमानस्थल निर्माण गरिएको हो । विमानस्थलमा रिपिटर टावर निर्माण भइसकेको छ । कालोपत्र र रङरोगन गर्ने काम भइरहेको सुनथराली विमानस्थल आयोजना प्रमुख रत्नबहादुर श्रेष्ठले जानकारी दिए । ‘विमानस्थल निर्माण सकिन लागेको छ’, उनले भने, ‘चाँडै विमानस्थलमा जहाज अवतरण गराउने योजना छ ।’

विसं २०७३ माघ २९ गते परीक्षण उडान गरिए पनि विमानस्थलमा नियमित उडान भने हुन सकेको थिएन । नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले फागुनको पहिलो हप्तासम्म विमानस्थलमा पुनः परीक्षण उडानसँगै नियमित उडानको प्रयास भइरहेको बताए । विमानस्थल निर्माणमा रु एक अर्बभन्दा बढी खर्च भएको छ । कालोपत्र गर्न रु १४ करोड ९३ लाख खर्च भएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?