काठमाडौं । चक्रपथको कोटेश्वर–कलंकी खण्डको काम यही शनिवारसम्म सकिने भएको छ ।
त्यसदिन चिनियाँ ठेकेदारले सडक विभागलाई आयोजना सकिने जानकारी गराउने भएका छन् ।
सडक विभागले भो, ‘अब चक्रपथ विस्तारका लागि म्याद थप्नु पर्दैन ।’
५ वर्ष लगाएर विस्तार गरिएको चक्रपथको आठ लेन सडक खण्डको म्याद थपेर काम गराउनुपर्ने अवस्था नरहेको सडक विभागले जनाएको छ । तर, चीनले कहिले चक्रपथ हस्तान्तरण गर्ने र नेपाल सरकारले उद्घाटन गर्ने भन्ने टुंगिएको छैन ।
सडकको विस्तारको सकिँदै गर्दा यो खण्ड निकै आधुनिक स्वरुपमा देखिएको छ ।
चीन सरकारको अनुदान सहयोगमा चक्रपथको यो खण्ड विस्तार भएको हो ।
चक्रपथको कुल लम्बाइ २७ किलोमिटर छ । त्यसमध्ये पहिलो चरणमा १० दशमलव ३९ किलोमिटरको कोटेश्वर–कलंकी खण्ड विस्तारको काम डिसेम्बर १५मा सकिने सडक विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए ।
सरकार र चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच माघ ०७३ सम्ममा उक्त खण्डको विस्तार सक्ने सम्झौता थियो ।
३ पुस ०६९ मा भएको सम्झौताअनुसार काम सम्पन्न गर्नुपर्ने थियो । तर, १२ वैशाख ०७२ मा गएको भूकम्प र नाकाबन्दी बाधक बने ।
नेपाल सरकार र चिनियाँसरकारबीच भएको सम्झौता बमोजिम भदौ ०७० देखि मात्र कोटेश्वर–कलंकी खण्ड विस्तार थालिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया