काठमाडौं । प्रहरीले दुई किलो सुनसहित रसुवाको धुन्चेबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रसुवाको गोसाइकुण्ड गाउँपालिका १ स्थायी घर भएका निमा दोर्जे तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार जिल्ला सदरमुकामा धुन्चेमा नियमित चेकजाँचका क्रममा स्याफ्रुबाट काठमाडौं जाँदै गरेको ना.१ज.६१७६ को टाटासुमोमा सवार निमा दोर्जेको साथबाट लुकाइछिपाइ ल्याएको दुई किलो सुनसहित नियन्त्रणमा लिएको जानकारी दिए ।
यस विषयमा आवश्यक अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख (डीएसपी) सन्तोष तामाङले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया