एक हजार युवाको सीप परीक्षण हुँदै

काठमाडौं– सरकारले वैदेशिक रोजगारीको क्रममा विभिन्न सीप आर्जन गरी स्वदेश फर्किएका एक हजार युवाको सीप परीक्षणको व्यवस्था मिलाएको छ ।

 पहिलो पटक सुरु भएको यस कार्यक्रमले वैदेशिक रोजगारीमा सिकेको सीप परीक्षणमा उत्तीर्ण हुनेलाई सम्बन्धित सीपको प्रमाणपत्र समेत दिइनेछ ।

वैदेशिक रोजगारीका क्रममा गएका नेपाली युवाले के कस्ता सीप सिकेका छन् भन्ने तथ्यांक अहिलेसम्म नेपाल सरकारसाग छैन । आजको गोरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?