रोहित इन्डोनेसियामा सर्वोत्कृष्ट

काठमाडौँ — नेपाली मिडफिल्डर रोहित चन्दले इन्डोनेसियाको माथिल्लो डिभिजन फुटबल प्रतियोगिता ‘लिग वान’ मा सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् ।
उनको क्लब पर्सिजा जकार्ता लिग च्याम्पियन भएसँगै आइतबार जकार्तामा रोहितले लिगकै सर्वोत्कृष्ट खेलाडीको ‘गोल्डेन बल’ पुरस्कार पाएका हुन् । प्रतिष्ठित लिगमा यस्तो अवार्ड जित्ने उनी पहिलो नेपाली हुन् ।
पूरै सिजन उत्कृष्ट प्रदर्शन गरेका २६ वर्षीय रोहितले पर्सिजालाई १७ वर्षपछि लिग च्याम्पियन बन्न मुख्य भूमिका निर्वाह गरेका थिए ।
 कान्तिपुर दैनिक लेख्छ–विदेशी लिगमा सर्वोत्कृष्ट खेलाडी चुनिने पहिलो नेपाली फुटबलर बनेका रोहित ‘भर्सटाइल’ खेलाडी हुन् । उनले सर्वोत्कृष्ट खेलाडीको १५ करोड इन्डोनेसियन रुपियाँ (१२ लाख रुपैयाँ) पाउनेछन् ।

उनले यो सिजनमा ३ गोल र ५ एसिस्ट मात्र गरे पनि विशेषतः मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरे । सेन्ट्रल मिडफिल्ड, राइट र लेफ्ट सबै पोजिसनमा उनको प्रदर्शन उत्कृष्ट रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?