वाइडबडीमा खरिदमा नयाँ खुलासा : बोलपत्रबिनै विमान खरिद

काठमाडौँ – नेपाल वायुसेवा निगमले ‘बोलपत्र’ बिना नै दुइटा वाइडबडी विमान खरिद गरेको भेटिएको छ । सार्वजनिक खरिद ऐन २०६३ मा सामान किन्दा बोलपत्र आहवान गर्नैपर्ने प्रावधान छ ।

निगमले वाइडबडी खरिदका लागि आहवान गरेको आशयपत्र (रिक्वेट अफ प्रपोजल–आरएफपी) बोलपत्रको परिभाषामा पर्दैन ।

ऐनको दफा २ को उपदफा (ग) मा मालसामानको परिभाषा छ । उक्त व्यवस्थामा मालसामान भन्नाले ‘चल, अचल अनि सजीव वा निर्जीव जुनसुकै किसिमको वस्तु सम्झनुपर्छ र सो चल वा अचल, शब्दले त्यस्तो वस्तु आपूर्ति गर्ने कार्यको सेवासमेतलाई जनाउने’ उल्लेख छ । सार्वजनिक खरिद अनुगमन कार्यालय स्रोतले भन्यो, ‘ऐनअनुसार विमानसमेत मालसामान नै हो ।’ कात्पिुर दैनिकमा खबर छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?