राजदूत शेर्पा स्पटीकरण दिन हाजिर

काठमाडौं– मानव तस्करी र श्रम शोषणको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा आइतबार परराष्ट्र मन्त्रालयमा स्पष्टीकरण दिन हाजिर भएकी छिन् ।

लिखित जवाफ चित्त नबुझेपछि मन्त्रालयले उनलाई बोलाएको हो ।

पूर्वअर्दली वाङ्छु शेर्पाले राजदूतमाथि आफूलाई श्रम शोषण गरेको र मानव तस्करीमा संलग्न भएको आरोप लगाएपछि मन्त्रालयले छानबिन समिति नै बनाएको छ ।

वाङ्छुले राजदूतको अर्दली बन्न आफूले ३३ लाख रुपैयाँ बुझाएको दाबी गरेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?