पाँच वर्षीय बालिका बलात्कार गर्ने पक्राउ

रुपन्देही । पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय बुटवलले बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा देवदह–७ का जीवन खत्रीलाई आज पक्राउ गरेको हो । घर अगाडि खेल्दै गरेको अवस्थामा बालिकालाई चाउचाउ दिएर ललाइफकाई नजिकैको टहरामा लगेर खत्रीले जबर्जस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले जानकारी दिए ।

खत्रीसँगै अन्य पाँच जनालाईसमेत प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?