प्रस्तावित चार देशका राजदूतले सुनुवाइ समितिद्वारा अनुमोदन

काठमाडौं । संसदीय सुनवाइ समितिले चार देशका प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।

सुनुवाइ समितिले मलेसियाका लागि उदयराज पाण्डे, भारतका लागि निलाम्बर आचार्य, युएईका लागि कृष्ण ढकाल र इजरायलका लागि अञ्जान शाक्यको नाम अनुमोदन गरेको हो । चारैजना प्रस्तावित राजदूतसँग समितिले योग्यता र क्षमतासँगै राजदूत भएपछि गर्ने कामको बारेमा जानकारी लिएको थियो । चारै जनाललाई मन्त्रिपरिषदले सिफारिस गरेको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?