काठमाडौं । कञ्चनपुर भिमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलातकारपछि हत्या भएको आज १ सय ३७ दिन भएको छ ।
दिन लम्बिँदै छ तर प्रहरीले घटनाको तथ्य सार्वजनिक गर्न सकेको छैन भने सरकारको मौनता यथावत भएको भन्दै देशवयापी रुपमा प्रर्दशन भइरहँदा घटनामाथि अनुसन्धान गरिरहेको टोलीले एकजना शंकास्पद व्यक्तिलाई काठमाडौंबाट गत बुधबार नियन्त्रणमा लिएको थियो । पक्राउ परेका दुई युवकको डीएनए रिपोर्ट आइतबार साँझसम्ममा आउन सक्ने नेपाल प्रहरीले जानकारी दिएको छ ।
प्रहरी श्रोतका अनुसार प्रदीप रावल र स्थानीय विशाल चौधरीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै अगाडि कसुर स्वीकार गरेका थिए । उनीहरुले आफ्नो कसुर स्वीकार गरेसँगै डीएनए टेस्टको लागि पढाइएको थियो ।
घटनाको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसनधान ब्यूरोका अनुसार आजै साँझसम्ममा रिपोर्ट आइसक्ने भएपनि चेन अफ कस्टडी मेन्टेन गर्नका लागि कञ्चनपुरमै लगेर खोल्नु पर्ने बताएका छन् । तर अहिले सीआईबी टोली कञ्चनपुरबाटै अनुमति लिएर यहीँ खोल्ने भनने विषयमा छलफल गरिरहेको छ ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले प्रदिप रावलाई गत मंसिरमा १७ गते अभद्र व्यवहार गरेको अरोपमा पक्राउ गरी मुद्दा चलाएको थियो । त्यसक्रममा सीआईबीमा ल्याएर सोधपुछ गर्ने क्रममा निर्मला हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको र अन्य दुईको नाम लिएको प्रहरीको दाबी छ ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले प्रदिप रावलाई गत मंसिरमा १७ गते अभद्र व्यवहार गरेको अरोपमा पक्राउ गरी मुद्दा चलाएको थियो । त्यसक्रममा सीआईबीमा ल्याएर सोधपुछ गर्ने क्रममा निर्मला हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको र अन्य दुईको नाम लिएको प्रहरीको दाबी छ ।
रावलकै भनाईको आधारमा प्रहरीले कञ्चनपुरस्थित सालघारीका विशाल र दिनेश चौधरीलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । तर, घटनामा दिनेशको संलग्नता नरहेको भन्दै उनलाई छाडिएको थियो । घटनामा संलग्न एक जना अझै खोजीकार्य जारी रहेको प्रहरीको भनाई छ ।
१० औं मानवअधिकार राष्ट्रिय महाभेलालाई सम्बोधन गर्दे उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ परिसकेको बताएका थिए ।
प्रकरणको अनुसन्धानमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयको सिफारिसमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्ट बर्खास्त भइसकेका छन् भने अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु पनि निलम्बित भएका छन् ।
प्रकरणको अनुसन्धानमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयको सिफारिसमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्ट बर्खास्त भइसकेका छन् भने अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु पनि निलम्बित भएका छन् ।
अहिले मुख्य अभियुक्तको रुपमा देखाइएका रावल सीआईबीका निलम्बित डीएसपी अंगुर जिसीको टोलीले पक्राउ गरेको थियो तर घटनामा संलग्नता नदेखिएपछि रावल स्वत्रन्त्र भएका थिए ।
न्यायको लागि निर्मलाका बुबाआमाले चार महिना सम्म सबैको ढोका ढक्ढकाएका छन् । तर न प्रहरीले अपराधी सार्वजनिक गर्न सकेको थियो न राजीनिक पार्टीहरुले गरेका प्रतिवद्धता पुरा नै भए ।
निर्मला पन्तको साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो भने उनको शव भोलिपल्ट बिहान साउन ११ गते उुखुबारीमा भेटिएको थियो ।
बलात्कार र हत्याजस्ता गम्भीर घटनामा अनुसन्धान जेलिँदै गए पनि पीडित परिवार र न्यायको खोजीमा साथ दिनेहरूले सधैँ आवाज उठाई रहेकै छन् । सडक आन्दोलन, विरोधका कार्यक्रमहरु दिनदिनै जसो भएका छन् । हजारौं युवायुवतीहरुले सामाजिक सञ्जालबाट आफ्नो धारणाहरु पनि व्यक्ति गर्ने गरेका छन् । कसैको आवाज चर्को सुनिएला, कसैको मधुरो तर न्यायको आशा भने प्रत्येक दिन भइरहेको छ ।
यो पनि पढ्नुहोस :
- बलात्कारपछि हत्या प्रकरण: अपराधीलाई पाकिस्तानमा फाँसी दिइयो, जैनवले त न्याय पाइन्, निर्मला पन्तले कहिले पाउने ?
- बहसमा बलात्कार : नियन्त्रण गर्न सकिएला ?
- के नेपाल महिलाको लागि खतराको देश बन्दैछ ? कुन देश कति सुरक्षित ?
- निर्मला बलात्कार र हत्यापछिका ३ महिनाः थप तीन सय महिला बलात्कृत
- कञ्चनपुर काण्ड दोहोरिन नदिन प्रहरीको विशेष मिसन
- निर्मला बलात्कारपछि हत्याको १०२ दिन: देशमा न्याय हराएकै हो ?
- न्याय हराएको १ सय १५ दिन, किन मौन साध्दैछ राज्य संयन्त्र ?
- आलसतालस अवस्थामा निर्मलाकी आमा, के भनिन् डा. बाबुराम भट्टराईसँग (भिडियो सहित )
- निर्मलाका काका ईश्वरदत्त भन्छन्, 'नेताको छोराछोरी नै घटनामा संलग्न छन्' (भिडियो सहित)
- निर्मलाको हत्यारा पक्राउ परिसक्यो, विचरा निर्दोष थियो नभन्नुहोला : रक्षामन्त्री
- निर्मला बलात्कारपछि हत्या प्रकरण : काठमाडौंबाट एक व्यक्ति पक्राउ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया