काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले चिनियाँ कम्पनी हुवावेलाई ३२ करोड रुपैयाँ जरिवाना तिराएका छन् ।
नेपाल टेलिकमको सिडिएमए मोबाइल परियोजना सम्पन्न गर्नुपर्ने मिति ६ वर्ष थियो । तर, चिनियाँ कम्पनी हुवावेले ८ वर्षसम्म पनि परियोजना ओगटेर काम सम्पन्न नगरेको चिनियाँ कम्पनी हुवाबेलाई मन्त्री बास्कोटा आफैँ अघि सरेर सो जरिवाना तिराएका हुन् ।
मन्त्री बास्कोटाले नेपाल टेलिकमका हाल जारी दशवटै परियोजना ठेकदार कम्पनीको लापरवाही र टेलिकम नेतृत्वको लाचारीका कारण अलपत्र परेको भन्दै कारवाही गर्ने निर्णयमा उत्रिएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना मन्त्रालयलाई फोरजी परियोजना अघि बढाउने सबै निर्णय दिएको थियो । सो निर्णय पाएसँगै मन्त्री बास्कोटा टेलिकम सुधार्न सक्रिय देखिएका हुन् ।
हुवावेले सिडिएमए परियोजना सन् २०११ मा शुरु गरेको थियो ।
नेपाल टेलिकम र हुवावेबीचको सम्झौता अनुसार सन् २०१३ भित्रमा सिडिएमए विस्तारको काम सकिनुपर्ने थियो ।
तर, सन् २०१८ सकिन लाग्दा पनि काम सम्पन्न नभएपछि मन्त्रीले टेलिकम पदाधिकारी र ठेकेदारलाई राखेर ३२ करोड बिगो भराउने निर्णय सुनाएको सूचना मन्त्रालय स्रोतले जनाएको छ ।
हुवावेले सिडिएमएका १८९ टावर ८ वर्षसम्म जडान गर्नुपर्ने थियो । तर, ८ वर्ष बित्दापनि परियोजना सम्पन्न नगर्दा मन्त्री कारबाहीमा उत्रिएका स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया