नेकपाका शीर्ष नेताबीचमै सुरु भयाे कित्ताकाट

काठमाडौं –सांगठानिक एकीकरणलाई लिएर सुरु भएको नेपाल कम्युनिष्ट पार्टीको विवाद शीर्ष नेताबीच नै विभाजित हुने अवस्थासम्म आइपुगेको छ ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकलौटीरुपमा पेलेर अगाडि बढेको आरोप लगाई सचिवालयका चार नेता समयमै बैठक नभएकाले सहभागी नै नभई बाहिरिएका हुन् ।

प्रदेशको पदाधिकारी र प्रदेश कमिटी चयनमा अध्यक्षद्धय ओली र प्रचण्डले एकलौटी निर्णय गरेको भन्दै वरिष्ठ नेताद्धय माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम र नारायणकाजी श्रेष्ठ शनिवारको सचिवालय बैठकमा सहभागी भएनन् ।
 तर उनीहरू बेगर बसेको उक्त बैठकले आगामी २९ गते स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?