माधव नेपालसहित ४ नेताबिनै बसेको नेकपा सचिवालय बैठकको यस्तो छ निर्णय

काठमाडौँ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही मङ्सिर २९ गते स्थायी समितिको बैठक आह्वान गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका ४ नेता बिनै बसेकोसचिवालयको बैठकले पार्टी कार्यालय धूम्रराहीमा १ बजे स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको हो ।

    पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले समयमा बैठक प्रारम्भ नभएको भन्दै बैठक बहिस्कार गरेका थिए ।

    बैठकको तयारीका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो २ बजेदेखि नै आवश्यक परामर्शमा रहेका थिए ।

    अध्यक्षद्वय परामर्शमा रहँदा केही मिनेट मात्रै सचिवालयको बैठक ढिलो हुन गएको भएपनि उनीहरु हिँडेका थिए ।  

सचिवालयले गरेका पछिल्ला निर्णय जानकारी गराउने, पार्टी र सरकारको काम कारवाहीको समीक्षाका लागि स्थायी कमिटी बैठक बस्न लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?