काठमाडाैं- कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन दबाव दिन सुदूरपश्चिमेली युवाहरुले काठमाडौंको बौद्ध स्तुपामा मौन आन्दोलन गरेका छन् ।
“सरकार भेटियो , न्याय भेटिएन्” 'निर्मलालाई न्याय देउ' भन्दै सुदूरपश्चिमेली युवाहरुले बौद्ध स्तुपामा ध्यान मग्न भएर शान्तपूर्वक दीप प्रज्वलन गरि सरकारको ध्यानकर्षण गराएको हो ।
नेपाल देश बुद्ध जन्मेको देश भएकोले बौद्धस्तुपामा शान्तिका दुत बुद्धको शरणमा निर्मलाको निम्ति न्याय भन्दै सुदूरपश्चिमेली युवाहरुले मौन आन्दोलन गरेको गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेजका स्ववियु सभापती राजेन्द बमले जानकारी दिए ।
राजधानीको अधिकांश आन्दोलनका कार्यक्रमहरु हुलदंगा सहित मुर्दावाद जिन्दावाद भन्दै माइतीघर मण्डलामा हुने भएपनि सुदूरपश्चिमेली युवाहरुले मौन रुपमा बौद्ध स्तुपामा आन्दोलन गरेका हुन् ।
निर्मलाको साउन १० गते बलात्कारपछी हत्या भएको थियो । हत्या भएको ४ महिनाभन्दा बढी भईसक्दा समेत हत्यारा पत्ता लाग्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया