काठमाडौं– मेक्सिकोकी भनेसा पोन्सेले मिस वर्ल्ड २०१८ को उपाधि चुमेकी छिन् । थाइल्याण्डकी सुन्दरी निकोलेन लिम्सनुकानलाई पछि पार्दै उनी मिस वर्ल्ड २०१८ को उपाधि चुम्न सफल भएकी हुन् ।
चीनको सान्या शहरणमा शनिबार साँझ सम्पन्न फाइनलमा पोन्सेले मिस वर्ल्डको ताज पहिरिँदा निकोलेन लिम्सनुकान फस्ट रनरअप बनिन् । नेपालकी श्रृङ्खला खतिवडा भने १२ औं स्थानमै सीमित बनिन् ।
पूर्व मिस वर्ल्ड मानुसी चिल्लरले नयाँ मिस वर्ल्डलाई ताज पहराइदिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया