काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पोखरामा भएको यती एअरलायन्सको विमान दुर्घटनामा बिदा दिने सरकारी निर्णयको आलोचना गरेका छन् ।
आकाशमा उडिरहेका थोत्रा विमानलाई उडान अनुमति खारेज गर्ला भन्ने सरकारले बिदा दिने निर्णय गरेकामा उनले आपत्ति जनाएका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै, उनले थोत्रा विमान चलाएर अझै कमिशन लिन पुगेको छैन भन्दै तीब्र रोष प्रकट गरेका हुन् ।
ट्वीटरमा साम्पाङ लेख्छन्, ‘भोलि सबै थोत्रा विमान बन्द गर्ने भन्लान् भनेको त सरकारी कार्यलयमात्र बन्द गराएछन् । थोत्रा विमान चलाएर अझै कमिसन लिनै छ है ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया