राष्ट्रिय योजना आयोगको बैठक सिंहदरवारमा बस्दै

काठमाडौं । राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्य सम्बन्धमा आज छलफल गर्दैछ । 

सिंहदरवारस्थित आयोग कार्यालयमा शुक्रवार बिहान ११ः३० बजे बस्ने राष्ट्रिय योजना आयोगको बैठकमा दिगो विकास लक्ष्य सम्बन्धमा छलफल हुन लागेको हो । 

आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलका अनुसार बैठकमा दिगो लक्ष्यको आवश्यकता पहिचान, लागत अनुमान र रणनीतिका विषयमा छलफल हुने जानकारी दिए । 

त्यस्तै १५ औँ योजनाका कार्यक्रम तथा रणनीतिका विषयमा समेत छलफल हुने पनि  उनले बताए । 

बैठकमा आयोगमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित हुँदैछन् । 

फागुन पहिलो साता १५ औँ योजनाको आधारपत्र प्रकाशन गर्ने तयारी गरेको आयोगले २०७६ जेठ १५ भित्र पूर्ण दस्ताबेज प्रकाशन गर्ने जनाएको छ ।

यद्यपी सोही आधारपत्रको प्रारम्भीक मस्यौदा स्वीकृत गर्ने विषयमा आजको बैठक बस्न लागेको हो । 

सो दस्ताबेजले सरकारको मध्यावधि खर्च संरचना, वार्षिक कार्यक्रम तर्जुमा तथा प्रदेश र स्थानीय तहको आवधिक योजना तर्जुमाका लागि मार्ग प्रशस्त गराउने आयोगको दाबी छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?