मन्त्रिपरिषद् बैठक बस्दै

लोकपथ
84
Shares

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान ११ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्न लागेको मन्त्रिपरिषद्को यो बैठक नियमित भएको जनाइएको छ ।

यसैगरी सत्ता गठबन्धनको बैठक पनि आह्वान गरिएको छ । दिउँसो बस्ने बैठकमा मन्त्रिपरिषद विस्तारलगायत विषयमा छलफल हुने जनाइएको छ ।

हिजो साँझ पनि सत्ता गठबन्धनका दुई ठूला दल एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?