Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्बिर राखौँ : कमल थापा

लोकपथ २७ पुस २०७९, बुधबार २२:००
नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्बिर राखौँ : कमल थापा
शेयर गर्नुहोस् Facebook

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्न माग गरेका छन् ।

राप्रपा नेपालद्वारा ३०१ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले पृथ्वीनारायण शाह कुनै राजनीतिकवाद र विचार भन्दा माथि रहेको भन्दै उनलाई सम्मान दिन राज्यले कन्जुस्याइँ गर्न नहुने बताए ।

नेपाल एकीकरणको अभियान एक संस्थासँग मात्रै सम्बन्धित नभई नेपाललाई नाम र पहिचान दिने महान् कार्य भएको उनले बताए । ०७४ मा आफू सरकारमा रहँदा राज्यले नै औपचारिक रुपमा पृथ्वी जयन्ती मनाइएको स्मरण गर्दै यसपटक पृथ्वी जयन्ती एवं एकता दिवसमा राज्यको उपस्थिति नभएको प्रति रोश प्रकट गरे ।

अध्यक्ष थापाले भने, ‘राज्यले यसपटक बिदा दिएतापनि त्यो बिदा राजनैतिक स्वार्थ परिपुर्ति गर्ने माध्यमका लागि मात्रै भएको छ, अघिल्ला वर्ष जस्तै सरकारी निकाय नेपाल प्रज्ञा प्रतिष्ठान मार्फत सरकारले मनाउने पृथ्वी जयन्ती यसपटक रोकिएको छ ।’

०७४ साल देखि निरन्तर राष्ट्र निर्माताप्रति श्रद्धाअर्पण गर्ने गरेको प्रति राष्ट्रपतिप्रति भने उनले धन्यवाद अर्पण गरे । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं इतिहासविद् डा. रमेश ढुंगेल र वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले पृथ्वीनारायण शाहको योगदान र व्यक्तितब माथि प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।