प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि प्रतिपक्षमा बस्न मिल्ने माधव नेपालको तर्क

लोकपथ
70
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको भएपनि भूमिका भने प्रतिपक्षकै रहने स्पस्ट पारेका छन् ।

नवनिर्वाचित सांसदहरूलाई अनेरास्ववियूको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्न सकिने बताएका हुन् । उनले २०५१ सालको स्मरण गर्दै त्यस्तो अनुभव २०५१ सालमा गरिइसकेको पनि बताए ।

उनले भने, ‘२०५१ म मन्त्री थिएँ। हाम्रो सरकारलाई कांग्रेसले समर्थन गरेको थियो। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा हाम्रो अल्पमतको सरकारलाई कांग्रेसले विश्वासको मत दिएको थियो।’

त्यस्तै, अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेकोप्रति गल्ती नस्वीकारेको टिप्पणी गरेका छन् । ‘नयाँ प्रतिनिधिसभाको बैठकमा पनि प्रतिनिधिसभा विघटन गरेर गजबको काम गरियो भन्ने अहिले पनि सुन्नमा आयो । सुन्यौं । अनि यो गठबन्धन सरकार कस्तो पो रहेर भन्ने हाम्रो मनमा गम्भिर प्रश्न खडा भएको छ ।’ उनले भनेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?