Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रगति सार्वजनिक

लोकपथ २६ पुस २०७९, मंगलबार २०:२३
dGqL /fjn–;fj{hlgs 
uf]bfj/L, @^ k'; . kqsf/ ;Dd]ngdfkm{t b; dlxgf sfo{sfnsf] k|ult ljj/0f ;fj{hlgs ub}{ ;'b"/klZrd k|b]zsf cfly{s dfldnf tyf of]hgfdGqL k|sfz /fjn .  tl:a/ M dLg 7s'/L, /f;;
dGqL /fjn–;fj{hlgs uf]bfj/L, @^ k'; . kqsf/ ;Dd]ngdfkm{t b; dlxgf sfo{sfnsf] k|ult ljj/0f ;fj{hlgs ub}{ ;'b"/klZrd k|b]zsf cfly{s dfldnf tyf of]hgfdGqL k|sfz /fjn . tl:a/ M dLg 7s'/L, /f;;
शेयर गर्नुहोस् Facebook

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षे कार्यकालमा सडक, सिँचाइ, खानेपानी, कृषि र स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेखनीय काम भएको जनाएको छ ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री त्रिलोचन भट्टले यो अवधिमा चार सय किलोमिटर सडक कालोपत्रे, सात सय ६९ किमी सडक ग्राभेल र एक हजार २३ किमी कच्ची सडक निर्माणमा सफलता मिलेको बताए ।

प्रगति विवरणमा प्रदेश सरकारले काम थालेपछि ५२ मोटरेबल पुल निर्माण पूरा हुनुका साथै चालु वर्षको अन्त्यसम्ममा थप दुई सय किलोमिटर कालोपत्रे सडक निर्माण सम्पन्न हुने चरणमा रहेको जनाइएको छ ।

सिँचाइतर्फ ३० किलोमिटर सिँचाइ कुलो निर्माण, दुई लाख बढी नागरिकलाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध र शिक्षातर्फ एक सय ३३ विद्यालयका भवन निर्माण पूरा गरिएको उल्लेख छ । ‘पाँच वर्षमा विकास निर्माणका कार्यका अतिरिक्त लोकसेवा आयोगको कार्य प्रारम्भका साथै शिक्षामा पनि धेरै काम गरेका छौँ’, पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले भने, ‘आउने सरकारका लागि धेरै सहज हुनेछ ।’

प्रगति विवरणमा सेती प्रादेशिक अस्पताललगायतका अस्पतालमा स्वास्थ्य उपकरणको व्यवस्थाका साथै भवनलगायतका पूर्वाधार जुटाइएको, कृषितर्फ भएका गतिविधिले झण्डै पाँच सय नागरिकले रोजगारी पाएको, बीउबिजन उत्पादनमा उपलब्धि हासिल भएको जनाइएको छ ।

‘पाँच वर्षमा प्रदेशको राजधानी घोषणा र नामकरण भयो, सङ्घीय सरकारले भूमिको स्वामित्व प्राप्तिमा सहयोग नगर्दा भने राजधानीका संरचना निर्माणको काम अगाडि बढ्न सकेन’, मुख्यमन्त्रीले थप्नुभयो, ‘सुरुमा हामी आउँदा पूर्वाधार, कानून, कर्मचारीको अभाव भए पनि पाँच वर्षमा सङ्घीयताको आधारशीला स्थापना गर्न सफल भएका छौँ ।’

गएको पाँच वर्षमा अन्य कतिपय प्रदेशमा मुख्यमन्त्री फेरिएर राजनीतिक अस्थिरता देखिए पनि त्रिलोचन भट्ट नेतृत्वको सुदूरपश्चिम सरकार पूरै अवधि काम गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।