काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक आगामी माघ ५ गतेका लागि बोलाइएको छ ।
संसदका जेष्ठ सदस्य पशुपति शमशेर राणाले आगामी बैठक माघ ५ गते बिहान ११ बजे बस्ने जानकारी गराएका हुन् ।
सोही दिन नै सभामुखको निर्वाचन हुने समेत उनले सभालाई जानकारी गराएका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा २६८ र विपक्षमा २ मत प्राप्त गरेका थिए । कुल २७५ सदस्य रहेको प्रतिनिधि सभामा २७० सांसद मात्रै निर्वाचन प्रक्रियामा भाग लिएका थिए ।
गत पुस १० गते संविधानको धारा ७६(२) बमोजिम राष्ट्रपतिले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । उनले नेपाललको संविधानको धारा ७६(४) बमोजिम विश्वासको मत लिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया