प्रधानमन्त्रीले भने- ‘राष्ट्रपतिज्यूले मलाई दौरासुरुवाल लगाएको हेर्ने रहर छ भन्नुभयो’

लोकपथ
133
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूमाथि उठेको दौरासुरुवालसम्बन्धि विषयमा प्रष्ट पारेका छन् । मंगलबार प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले आफू कहिल्यै पनि विरोधी नरहेको बताए ।

आफूले पहिल्यैबाट अन्य कपडा लगाएको र त्यही बानी परेकाले दौरासुरुवाल लगाउने उपयुक्त समय नपाएको समते बताए । ‘म दौरा सुरुवालको विरोधी होइन ।’ उनले भने, ‘मलाई अरु लुगा लगाएर हिँड्दै गरेको कारण मलाई त्यहि सजिलो लाग्यो । मलाई दौरा सुरुवाल लगाउने अवसर जुरेको थिएन । अन्य साथीहरुलाई मैले मन्त्री हुँदा व्यक्तिगत स्वतन्त्रता छोड्दै मन लागेको कपडा लगाउने भनेको थिए ।’

त्यसैगरी पछिल्लो पटक प्रधानमन्त्री हुँदा राष्ट्रपतिदेखि पार्टी र सरकारमा सामेल भएका नेताहरुले आग्रह गरेका कारण दौरासुरुवाल लगाएको बताए ।

‘शपथग्रहणमा राष्ट्रपतिज्यूले मलाई दौरा सुरुवाल लगाएको हेर्न मन छ भन्नुभएको थियो ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?