कांग्रेसले फालेको जालमा माछा पर्नेवाला छैन : केपी ओली

लोकपथ
105
Shares
k|ltlglw;ef a}7sdf cWoIf cf]nL sf7df8f}F, @% k’; M g]skf-Pdfn]_sf cWoIf Pj+ k”j{k|wfgdGqL s]kL zdf{ cf]nL ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf dGtJo JoQm ug'{x’Fb} . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले विश्वाशको मत दिने निर्णय गरेर फालेको जालमा माछा पर्नेवाला नभएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मतको प्रस्तावमाथि बोल्दै पूर्व प्रधानमन्त्री ओलीले कांग्रेसले दिन खोजेको समर्थनमा शंका व्यक्त गरेका पनि गरेका छन् ।

‘यस समर्थनभित्र सदाशयताबाहेक अन्य कुरा छैन भन्ने विश्वास छ । यदि यो समर्थन कुनै जाल होइन भने यो समर्थन ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो भने भन्न चाहान्छु, जाल हो भने भन्न चाहान्छु माछा नभएको नदीमा जाल फ्याँकेको छ’ । ओलीले भनेका छन् । ‘यसभित्र भोलिका निम्ती अरु खालको विशेष आग्रह सोचिएको छ भने ढोक्सा रित्तै हुने छ । त्यो ढोक्सा थापिएको खोला वा खोल्सीबाट कुनै माछा बग्ने छैनन् ।’ उनले भने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?