Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

देउवाले भने- ‘सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्छाैँ’

लोकपथ २६ पुस २०७९, मंगलबार १४:००
देउवाले भने- ‘सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्छाैँ’
शेयर गर्नुहोस् Facebook

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरु सरकारलाई विश्वासको मत दिने तर प्रतिपक्षमा बस्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

देशमा राष्ट्रिय सहमतिको खाँचो रहेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको बताए । आफूहरुले सरकारको कामकारबाहीलाई उत्तरदायी बनाउनका लागि सधैँ लागि पर्ने बताए । त्यस्तै प्रतिनिधि सभालाई पूर्ण कार्यकाल संचालन हुनुपर्नेमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले संविधानको ७६(४) बमोजिम आज विश्वासको मत लिन लागेका हुन् ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।