काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयमा दुई महामन्त्रीसहित पाँच जनाले असहमति जनाएका छन् ।
यसरी असहमति जनाउनेमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननरसिंह केसी, प्रकाशमान सिंह र प्रदीप पौडेल छन् । पाँचै जना नेताले निर्णयमा असहमति जनाएका हुन् ।
आज बिहान बसेको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन गरेको प्रस्तावमा महामन्त्रीसहितका नेताले असहमति जनाएपछि कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो ।
कार्य सम्पादन समिति बैठकमा चार नेताले असहमति जनाएपछि यो विषय संसदीय दलको बैठकमा लगिएको थियो । त्यहाँ नेता पौडेलले पनि विमती जनाएका थिए ।
कार्यसम्पादनमा रहेका अरु नेता भने सभापति देउवाको प्रस्ताव अनुसार विश्वासको मत दिने पक्षमा उभिएका थिए । जसमा सस्थापन इतर पक्षमा रहेका उपसभापति धनराज गुरूग तथा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले पनि सभापतिकाे प्रस्तावमा साथ दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया