घनश्याम भुसाल एकीकृत समाजवादीमा जाने करिब निश्चित, राखे तीनबुँदे प्रस्ताव

लोकपथ
140
Shares
फाइल तस्बिर

काठमाडौं । पूर्व एमाले नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने करिब निश्चित भएको छ ।त्यसका लागि उनले नेकपा एकीकृत समाजवादीले गठन गरेको वामपन्थी एकता वार्ता कार्यदलसमक्ष तीनबुँदे प्रस्ताव नै राखेका छन् ।

प्रस्तावमा भुसालले एमाले र माओवादीले इतिहासलाई आफ्नो आफ्नो संकीर्णतामा ब्याख्या गर्न थालेको तर एकीकृत समाजवादीले उक्त जडताबाट मुक्त हुने कोशिश गरेको उल्लेख गरेका छन् ।

इतिहासमुखी होइन, भविष्यमुखी भएर आन्दोलनका बारेमा सोच्ने हो भने त्यो वैभव असाधारण अवसर हो भन्दै उनले लेखेका छन्, ‘इतिहासमा भएका सबै उपलब्धी र कमजोरी साझा विरासत हुन् भन्ने चेतनाले हामीलाई एकताको धरातलमा उभ्याउन सक्छ ।’

एकताका लागि छलफल गरेकामा कार्यदललाई धन्यवाद दिँदै उनले छलफल सकारात्मक दिशामा अघि बढेको बताएका छन् ।

गत निर्वाचनमा एमाले छाडेर रुपन्देही १ मा स्वतन्त्र उम्मेदवार बनेका उनलाई नेकपा एकीकृत समाजवादीसहितका तत्कालीन सत्ता गठबन्धनले समर्थन गरे पनि विजयी हुन सकेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?