काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ ।लोसपाका सांसद शरतसिंह भण्डारीले विश्वासको मत लिएर प्रतिपक्षमा बस्ने निर्णय भएको लोकपथसँग बताए ।
‘प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय भएको छ । उनले भने लोसपाले विश्वासको मत दिएपनि प्रतिपक्षमा बसेर गुण र दोषका आधारमा सरकारका गतिविधिमा समर्थन र विरोध जनाउँछ । समाजवादी पार्टीसहितको समर्थनमा झण्डैझण्डै दुईतिहाईको विश्वासको मत पुग्ने देखिन्छ ।
लोसपाले उठाएका माग सम्बोधन हुने र संविधान संशोधनको सम्भावना बढेकाले लोसपाले विश्वासको मत दिने निर्णय गरेको छ’ यसअघि लोसपाको संसदीय दलको बैठकले अध्यक्ष ठाकुरलाई विश्वासको मतबारे निर्णय गर्ने अधिकार थियो ।
‘अध्यक्षज्युले विश्वासको मत दिने तर, प्रतिपक्षमा बस्ने निर्णय लिनुभएको छ’ भण्डारीले भने । प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । त्यस अगावै लोसपाले आफ्नो निर्णय सुनाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया