पेट्रोलियम पदार्थको मूल्यमा राजनीतिकरण गरियो : व्यवसायी

लोकपथ
56
Shares

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा पनि राजनीतिकरण गरिएको आरोप यसको व्यापार गर्ने व्यवसायीहरुले लगाएका छन् । नेपाल आयल निगमको ५३ औँ वार्षिकोत्सवमा बोल्ने पेट्रोलियम ढुवानी व्यवसायीहरुले पेट्रोलियम पदार्थलाई सरकारले नै राजनीतिक विषय बनाएको भन्दै आपत्ति जनाएका हुन् ।

सरकारी आदेशमा इन्धनको मूल्य चलाउँदा पेट्रोलियम व्यवसायी पनि पीडित भएको भन्दै एलपी ग्यास उद्योग संघका अध्यक्ष कुश मल्लीले स्वचालित मूल्य लागु नहुँदा निगम र व्यवसायी दुवै समस्यामा परेको बताए ।

विषम परिस्थितिमा पनि एलपी ग्यासमा सहजता प्रदान गरेको सम्झाउँदै उनले मूल्य स्वचालित नहुनुमा राजनीति कारक रहेको पनि बताए । मल्लीले नाफा र घाटासँगै व्यावसायीको कमिसन पनि निश्चित गराउन माग गरे । भारतबाट आउँदा ग्यासमा पानी आउने गरेको पनि उनले बताए ।

पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले पनि इन्धनको मूल्य घटाउने विषय राजनीतिक बनाएको भन्दै आक्रोश व्यक्त गरे । पाँच दिन पहिले मूल्य घट्दैन भन्ने निगमले व्यवसायीले टन्न इन्धन खरिद भइसकेपछि मूल्य घटाएको आरोप लगाए । मूल्यमा गरिएको राजनीतिकरण स्वीकार्य नहुने भन्दै उनले नेपाल र भारतमा मूल्य अन्तर धेरै हुँदा व्यवसायी पनि मारमा परेकाले डिजेलको मूल्य घटाउन माग गरे ।

निगम नीतिले भन्दा पनि आदेशले चलेकामा आपत्ति जनाउँदै पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले पेट्रोलियम पदार्थ आर्थिक हो कि राजनीतिक प्रष्ट गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?