काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बालुवाटारमा बसेको बैठकले सातवटै प्रदेश सरकार गठनका लागि भागबण्डाको टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सात दलीय सत्ता गठबन्धनको बैठकले प्रदेश सरकारमा मुख्यमन्त्री, सभामुख र उपसभामुखको टुंगो लगाएको हो ।
जसअनुसार प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णालीमा ५ वर्ष नै एकल नेतृत्वको सरकार हुनेछ भने मधेश, बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आलोपालोको नेतृत्व गर्ने सहमति भएको छ । एमालेले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाउने भएको छ ।
त्यसैगरी माओवादी केन्द्रले बाग्मती र कर्णाली प्रदेशको नेतृत्व पाउने छ भने मधेसमा जसपा र जनमत पार्टीले आलोपालो नेतृत्व लिने सहमति बनेको छ । यस्तै बागमती र सुदूरपश्चिममा पनि एमाले र माओवादीबीच आलोपालो हुनेछ । पहिलो चरणमा भने बागमतीमा माओवादी र सुदूरपश्चिममा एमालेले लिने सहमति छ ।
वालुवाटार स्रोतकाअनुसार नेकपा माओवादी केन्द्रले ४ वटा प्रदेशसभाको सभामुख पाउने पाउँदा एमाले २ र राप्रपाले १ सभामुख पाउने समझदारी जुटेको छ । सहमतिअनुसार प्रदेश १ मा माओवादी केन्द्रको सभामुख र एमालेको उपसभामुख पाउने सहमति भएको छ ।
यस्तै राप्रपाले बागमती प्रदेशमा सभामुख र एमाले उपसभामुख प्राप्त गर्दा गण्डकी प्रदेशसभा सभामुख माओवादी केन्द्र र उपसभामुख एमालेले प्राप्त सहमति जुटेको छ । लुम्बिनीमा सभामुख माओवादी केन्द्र र उपसमाभुख राप्रपाले प्राप्त गर्ने छ ।
यस्तै कर्णाली प्रदेशमा एमालेले सभामुख र माओवादी केन्द्रको भागमा उपसभामुख पर्दा सुदूरपश्चिममा माओवादी केन्द्रले सभामुख प्राप्त गर्ने छ । यसैगरी नागरिक उन्मुक्ति पार्टीलाई उपसभामुख दिने प्रस्ताव छ ।
यसैगरी एमालेले एमालेले मधेश सभामुख पाउने भएको छ भने उपसभामुख जनमत पार्टीले लिने समझदारी भएको छ । गठबन्धनको बैठकले प्रचण्डको पक्षमा सबै दल र स्वतन्त्र उम्मेदवारसँग विश्वासको मत माग्ने निर्णय पनि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया