राजेन्द्र राई नेतृत्वको सरकारको अन्तिम मन्त्रिपरिषद् बैठक, के भयो निर्णय ?

लोकपथ
0
Shares

काठमाडौं । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकार सञ्चालनका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको अन्तिम बैठकले सरकार सञ्चालनका क्रममासहयोग गर्ने सम्बद्ध पक्षलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको हो ।

प्रदेश प्रमुखबाट नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भएपछि बसेको मन्त्रिपरिषद् बैठकमा धन्यवाद ज्ञापनको प्रस्ताव गरिएको थियो ।

उक्त प्रस्तावबमोजिम मुख्यमन्त्री राई नेतृत्वको सरकारलाई सहयोग गर्नेलाई धन्यवाद दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

प्रदेश नं. १ मा राजेन्द्रकुमार राई २०७८ कात्तिक १६ गते मुख्यमन्त्री भएका थिए । उनी प्रदेश नं. १ को तेस्रो मुख्यमन्त्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?