Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

संघीय संसद भवनमा सर्वदलीय बैठक शुरू

लोकपथ २२ पुस २०७९, शुक्रबार १३:४७
संघीय संसद भवनमा सर्वदलीय बैठक शुरू
शेयर गर्नुहोस् Facebook

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ पशुपति शमशेर जबराले बोलाएको सर्वदलीय बैठक संघीय संसद भवन नयाँ बानेश्वर शुरू भएको छ । जबराले सभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्न आज सर्वदलीय बैठक बोलाएका हुन् ।

संसद्को पहिलो बैठक यही पुस २५ गते बस्दैछ । बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । बैठकमा स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ । बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल गर्ने बताइएको छ ।

त्यस्तै, निर्वाचन भएर गठन भएको नयाँ संसदमा राष्ट्रपतिले सम्बोधन गर्ने अभ्यास छ । त्यसको व्यवस्था गर्नका लागि पनि सर्वदलीय बैठकमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।