राहदानी समस्या समाधानमा प्रधानमन्त्री सक्रिय, मुख्यसचिव त्रिपुरेश्वर जाने

लोकपथ
98
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राहदानी विभागमा देखिएको समस्यामा चासो देखाएका छन् ।प्रधामनन्त्री दाहालले बिहीबार उपप्रधानमन्त्रीहरु, मुख्यसचिवसँग भविष्यमा फेरि समस्या नआउने गरी समस्या समाधान गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशनपछि प्राविधिक टोली राहदानी विभाग त्रिपुरेश्वर पुगेको छ। आजै दिउँसो ३ बजे मुख्यसचिव शंकरदास बैरागी अनुगमनमा जाने तयारी भइरहेका बुझिएको छ । प्रधानमन्त्रीले राहदानी लिने लाइनमा कोही नेपाली पनि बस्न नपर्नेगरी काम गर्न निर्देशन दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?