बालुवाटारमा शुरु भयो सत्ता साझेदार दलको बैठक

लोकपथ
28
Shares

काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक शुरु भएको छ ।

केहीबेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेलन, जसपाका अध्यक्ष उपेन्द्र यादव रहेका छन् ।

बैठकमा सरकारको कामकारबाहीलाई कसरी प्रभावकारी बनाउनेसहित मन्त्रिमण्डल विस्तारका विषयमा समेत छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?