जनताले पाउने सेवा सुविधामा कमजोरी नहोस् : उप्रधानमन्त्री श्रेष्ठ

लोकपथ
14
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राज्यबाट पाउनुपर्ने सेवा सुविधामा कुनै कमि हुन नहुने बताए ।

काठमाण्डौं उपत्यकामा रहेका विभिन्न यातायात व्यवस्था कार्यालयहरुको आज अनुगमन/निरीक्षणका क्रममा कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘जनताले धेरैं दुःख पाएको गुनासो सुनेको छु, जनताले दुःख पाउनुभएन । जनताको हितमा काम गर्नुस् ।’

उनले ४ बजेसम्म हुँदै आएको काम ५ बजेसम्म गर्न, नयाँ लाईसेन्स प्रक्रिया छिटोछरितो प्रक्रियाबाट गर्न निर्देशन पनि दिए । श्रेष्ठले भने, ‘गुणस्तरीय सेवामा नो कम्परमाईज, नियमपूर्वक काम गर्नुस् ।’ कार्यालयमा बिचौंलियाहरुको बिगबिगी भएको गुनासो आएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले बिचौंलियाको अन्त्य र बिचौंलियाको चलखेल बन्द गर्न कडा निर्देशन दिए ।

गलत काम गर्ने कर्मचारीलाई कडा भन्दा कडा कार्वाही र दण्डित गरिने चेतावनी दिँदै श्रेष्ठले कर्मचारीहरुलाई कर्तव्य र दायित्व भुल्न नहुने बताए । उपप्रधानमन्त्री श्रेष्ठले लाईसेन्स कार्यालय ठूलो भर्याङ र यातायात व्यवस्था कार्यालय (मोसा) गुर्जुधाराको पनि अनुगमन/निरीक्षण गरेका थिए ।

अनुगमनको क्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल, भौंतक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सहसचिव, विभिन्न विभागका प्रमुख र प्रदेश मन्त्रालयका सचिव लगायतकाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?