परिवर्तन, व्यवस्था र संविधान जोगाउन राष्ट्रिय सहमति आवश्यक : वरिष्ठ नेता पौडेल

लोकपथ
56
Shares
g]tf kf}8]n ;Daf]wg bdf}nL, @( r}t . tgx’Fsf] z’Snfu08sL gu/kflnsf–!! ;fFv]df g]kfnL sfFu|];n] cfOtaf/ cfof]hgf u/]sf] sfo{stf{ e]63f6 tyf gofF jif{ @)&* sf] z’esfdgf cfbfgk|bfg sfo{qmdnfO{ ;Daf]wg ub}{ jl/i7 g]tf /fdrGb| kf}8]n . t:jL/ M s[i0f Gof}kfg], /f;;

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति आजको आवश्यकता भएको बताएका छन् ।

“हामीले ७० वर्षसम्म लडेर प्राप्त गरेको लोकतन्त्रलगायतका उपलब्धी रक्षाका लागि राष्ट्रिय सरकारको आवश्यकता छ भन्ने लाग्छ”, उनले भने “अहिलेको परिवर्तन, व्यवस्था र संविधानलाई जोगाउनका लागि राष्ट्रिय सहमति आवश्यक छ ।”

आज आयोजित प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व र अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्राप्त उपलब्धी संस्थागत गर्न तथा संविधान जोगाउनका लागि एकसाथ जानुको विकल्प नभएको बताए ।

संविधान निर्माणपछि केही समूहहरु अस्थिरताका लागि काम गर्दै आएको भन्दै उनले सत्ताभन्दा पहिले व्यवस्थाका लागि लड्नुपर्ने बताए । संविधान जारी भएपछिको पहिलो निर्वाचनदेखि नै आफूले राजनीतिक क्रान्ति पूरा भएकाले अब आर्थिक क्रान्तिमा जानुपर्ने भन्दै आएको उनको भनाइ छ ।

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)लगायतका दलहरुबीचको गठबन्धन भत्किँदा नेपाली कांग्रेसले सत्ता गुमाएको तर त्यसोभन्दा ठूलो अस्थिरता निम्तने खतरा बढ्छ कि भन्ने चिन्ता आफूलाई लागेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?