काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सेवाग्राहीलाई झन्झटरहित र शीघ्र सेवा प्रदान गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
मंगलबार मन्त्रालयमातहतका विभिन्न यातायात कार्यालयहरुको आकस्मिक निरीक्षण गर्दै मन्त्री श्रेष्ठले सेवाग्राहीबाट उठेका गुनासाको सम्बोधन गर्न कर्मचारीहरुलाई स्थलगत निर्देशन दिएका हुन् ।
ललितपुरको एकान्तकुना तथा काठमाडौंको ठूलो भ-याङ र गुर्जुधारा यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री श्रेष्ठले सवारी चालक अनुमति पत्रका लागि भइरहेको लिखित तथा ट्रायल परीक्षाको पनि निरीक्षण गरेका थिए ।
अनुगमनका क्रममा मन्त्री श्रेष्ठले सेवाग्राहीहरुसँग पनि यातायात कार्यालयबाट पाइरहेको सेवा गुणस्तरबारे जिज्ञासा राख्दै गुनासाहरु पनि सुनेको श्रेष्ठका प्रमुख स्वकीय सचिव विजय गौतमले बताएका छन् ।
मन्त्रालय सम्हालेलगत्तै मन्त्री श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र अनियमिततालाई कडाइका साथ रोक्नु पहिलो कर्तव्य भएको उल्लेख गरेका थिए । भनसुन र घूस नखुवाई काम गर्ने वातावरण बनाउने प्रतिबद्धता पनि मन्त्री श्रेष्ठले जनाएका छन् ।
https://www.facebook.com/watch/?v=5798769243492340
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया