स्वतन्त्र सांसद साहले रोजे एमाले, ओलीले गरे पार्टीमा स्वागत

लोकपथ
56
Shares

काठमाडौं । रौतहट–२ का स्वतन्त्र सांसद किरण कुमार साह एमालेमा प्रवेश गरेका छन् । सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई पार्टीमा स्वागत गरेका हुन् ।

उक्त अवसरमा केपी शर्मा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का सङ्घीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्रदेश सांसद प्रत्याशी राजकिशोर यादव, एमालेका स्थानीय नेता शेख फजिले हक लगायतको उपस्थिति रहेको थियो ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण साहले तत्कालीन सत गठबन्धनका उम्मेदवार तथा पुर्व मन्त्री हाल नख्खु कारागारमा रहेका महमद आफताभ आलमका छोरा फोर्दोस आलमलाई पराजित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?