बागमती प्रदेशसभा : सार्वभौमसत्ता र राष्ट्रियताको सम्वर्द्धनमा सबै दल एक हुनुपर्ने

लोकपथ
14
Shares
?????? ??????????? ?????? ?????????? ?????? ????? ????? ???? ??????? ?????????? ??????????? ??????? ????? ????????? ???????? ? ??????? ?????? ????, ????

मकवानपुर । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको आज बसेको पहिलो बैठकमा विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूले राष्ट्रिय सरोकारको विषयमा सेवाभावले काम गर्नुपर्ने बताएका छन् ।

बैठकको प्रथम वक्ता नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले नेपाली कांग्रेस देशको सार्वभौमसत्ता र राष्ट्रियताको दीगो संरक्षणको लागि सधैँ मन, वचन र कर्मले प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै जनप्रतिनिधिहरूले जनताको लागि नै सेवाभाव र उत्तरदायित्व बोध गर्न सके प्रदेशमा पनि सुशासन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेकपा (एमाले) का संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेशमा विकासको पूर्वाधारलाई अगाडि बढाउन सङ्घीय सरकारले प्रदेश सरकारलाई समन्वयात्मक भूमिकामा सहयोग प्रदान गर्नुपर्ने खाँचो औँल्याए ।

बैठकमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले बागमती प्रदेशको हिमाल, पहाड र भित्रि मधेसमा विकासको पूर्वाधारलाई गतिशील प्रदान गर्न राजनीतिक दलमा इमान्दारी आवश्यक रहेको बताए ।

बैठकमा राप्रपाका संसदीय दलका नेता उद्धव थापाले राप्रपाको पहिचान, नीति र सिद्धान्त फरक भए पनि देशको राष्ट्रियता र सार्वभौमसत्तालाई जीवन्त राख्न सबै राजनीतिक दलबीच आपसमा समन्वय र सहकार्य हुनुपर्ने खाँचो औँल्याए ।

नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णप्रसाद शर्मा खनालले प्रदेश सरकारले निजामति कर्मचारको मनोबल उच्च पार्न निजामति ऐनलाई अब नयाँ सोर्चा र चिन्तनबाट वर्तमान प्रदेशसभाले पारित गर्नेतर्फ गृहकार्य गर्दै रहेको जानकारी दिए ।

त्यस अवसरमा नेमकिपाका प्रतिनिधि सृजना सैजुले प्रदेशभित्र सुशासन ल्याउन र जनताप्रति उत्तरदायित्व बोध गर्ने क्रममा बहुदलीय व्यवस्था स्थापना भएदेखिनै हालसम्म नेमकिपाले सरकारमा समावेश नभएको उल्लेख गरिन् ।

उक्त अवसरमा हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रराज बज्राचार्यले बागमती प्रदेशको राजधानी हेटौँडाबाट प्रदेशको हिमाली भेग रसुवासम्म जोड्ने सडकलाई उच्च प्राथमिकता दिनुपर्ने भन्दै जनप्रतिनिधिले विकास निर्माणको क्रममा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्नेतर्फ इमान्तारीपूर्वक लाग्नुपर्ने बताए ।

उक्त बैठकमा ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले प्रस्तुत गरेको प्रदेशसभा नियमावली, २०७४ लाई संशोधन गर्न बनेको मस्यौदा सर्वसम्मतिबाट पारित भएको थियो । प्रदेशसभाको अर्को बैठक पुस २९ गते दिनको ११ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?