आजको परिस्थितिमा कसरी अगाडि बढ्ने भन्दै अध्यक्ष नेपालले गरे प्रश्न

लोकपथ
14
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरू देश र जनताको लागि निरन्तर खट्ने बताएका छन् ।

पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले भने, ”राष्ट्रहितको पक्षमा लगातार उभिरहने, कसैको दबाबमा नपर्ने हाम्रो पार्टी आज आफ्नै दृष्टिकोण बनाउँदै अगाडि बढ्नुछ । त्यसका लागि आजको परिस्थितिलाई तपाईंहरू कसरी हेर्नुहुन्छ । त्यसको उचित परामर्श नेतृत्वलाई चाहिएको छ ।’’

साथै उनले आफूहरू कसैको दबाबमा नपर्ने र सरकारमा सहभागि हुने वा नहुने भन्ने विषयम छिट्टै टुगों लगाउने बताएका छन् ।
नेपाली कांग्रेससँगको गठबन्धनका टुट्नुकाे  कारणमा पनि बैठकमा छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?