सुदूरपश्चिममा आउँदो माघ २ गतेभित्र प्रदेशसभाका सभामुखको निर्वाचन गरिसक्ने सहमति गरेको छ । आइतबार बसेको सर्वदलीय बैठकले सो सहमति जुटाएको हो ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले सभामुखको निर्वाचन माघ २ गतेभित्र गरिसक्ने गरी प्रक्रिया अघि बढाउने सहमति भएको जानकारी दिए ।
यता प्रदेशसभा संसदीय दलको नेतामा एमालेका राजेन्द्रसिंह रावल, माओवादीका खगराज भट्ट, नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारी, र नागरिक उन्मुक्ति पार्टीका रामश्वर चौधरी चयन भइकेका छन् । कांग्रेसको संसदीय दलको नेता अझै चयन हुन सकेको छैन ।
कांग्रेस संसदीय दलको नेताको आकाङ्क्षीमा प्रकाश बम, बहादुरसिंह थापा, देवानसिंह विष्ट, प्रकाशबहादुर देउवा, कमलबहादुर साह, र मेघराज खड्का देखिएका छन् ।
प्रदेशसभाका सदस्यको पद तथा गोपनीयतको शपथग्रहण भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया