हिमालय एयरलायन्सले गर्‍यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफलतापूर्वक अवतरण

लोकपथ
133
Shares

काठमाडौं । हिमालय एयरलायन्सको एयरबस ‘ए३२० ९एन–एएलभी’ले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) पोखरामा प्रदर्शनी उडान सफलतापूर्वक सम्पन्न गरेको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२३ का दिन एयरलायन्सले पहिलो ‘न्यारो बोडी एयरकार्फट’को ऐतिहासिक अवतरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मा गरेको हो ।

नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) को उद्घाटन समारोहका लागि हिमालय एयरलायन्सले दिउँसो १ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(टीआईए) काठमाडौंबाट उडान भरेर १ः४४ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मा अवतरण गरेको थियो ।

हिमालय एयरलायन्सको एअरबस ‘ए३२०–२१४’ पोखरामा अवतरण गर्ने पहिलो एअरबस बनेको छ । यो विमान ‘९एन–एएलभी’ लाई पानीको फोहराको सलामी दिई स्वागत गरिएको थियो । पोखरा विमानस्थलका उच्च अधिकारीहरूले हिमालय एअरलाइन्स् टोलीको नेतृत्व गर्ने विजय श्रेष्ठ, उपाध्यक्ष, प्रशासन र क्याप्टेन हाओ डी, उपाध्यक्ष,सञ्चालक) लाई स्वागत गरेका थिए । त्यसपछि विमान अपराहन्न ३ः४४ बजे प्रस्थान गरेर ४ः१७ बजे काठमाडौंमा अवतरण गरेको थियो ।

कार्यक्रममा उपस्थित हिमालय एयरलायन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, “हिमालय एयरलाइन्स् सधैँ उड्डयन क्षेत्रको सुरक्षा र यसको सुरक्षित अभिवृद्धिका लागि प्रतिबद्ध छ । हाम्रो एयरबस ‘ए३२०’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर यसले सुन्दर तालहरूको सहर पोखरा भ्रमण गर्न विश्वभरी पक्कै पनि सकारात्मक सन्देश दिएको छ । आजबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु नेपालका लागि साहसिक पर्यटनको राजधानीको उद्घाटन हुनु हो, जसले नेपालको पर्यटन व्यवसायलाई उचाइमा पुर्‍याउने छ । हामी विश्वास गर्छौं कि हाम्रो योगदानले उड्डयन क्षेत्रलाई मात्र होइन, नेपालको पर्यटन क्षेत्रको समग्र विकासमा सहयोग पुग्ने छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?