ॐ हस्पिटलमा हेल्पिङ वेवि ब्रिद कार्यशाला सम्पन्न

लोकपथ
224
Shares

काठमाडौं । काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा नवजात शिशुलाई स्वास प्रश्वासमा सहयोग गर्ने विषयमा एकदिने कार्यशाला ‘हेल्पिङ वेवी ब्रिद’ कार्यशाला समपन्न भएको छ ।

कार्यशालामा ॐ अस्पतालमा कार्यरत नर्सिङ स्टाफ तथा मेडिकल अफिसरहरुका लागि नवजात शिशुको उपचार तथा स्याहारका क्रममा अत्यावश्यक (लाइफ सेभिङ स्किल्स) जीवन रक्षाका सीपहरुवारे प्रयोगगात्मक अभ्यास गरिएको थियो ।

नवजात शिशु आमाको गर्भबाट बाहिर निस्कनासाथ पहिलो एक मिनेट (गोल्डन मिनेट) मा सास फेर्न कठिनाइ भएका र चुनौतीपूर्ण अवस्थाका शिशुहरुलाई सास फेर्न तत्काल सहयोग गर्नुपर्ने अवस्था हुन्छ । यस्तो अवस्थालाई सामना गर्न अस्पतालको अपरेशन थिएटर र एनआइसियूमा कार्यरत चिकित्सक तथा नर्सिङ स्टाफहरुको भूमिका महत्वपूर्ण हुन्छ ।

कार्यशालामा नवजात शिशुको स्याहार तथा उपचारकालागि आवश्यक औजार, उपकरण तथा औषधि लगायतका सामग्री पहिले नै तयार गर्ने, ति सामग्रीहरुको आवश्यकता अनुसार सहि उपयोग गर्ने तथा शिशुलाई सास फेर्न सहायता गर्ने र साथमा संक्रमण तथा चिसोबाट बचाउने लगायतका सिप कार्यशालामा सिकाइएको थियो ।

कार्यशालाको उद्घाटन मन्तव्यका क्रममा ॐ अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले यस किसिमका कार्यशालाले अस्पतालको नवजात शिशु स्याहार तथा उपचारमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

ॐ अस्पतालका मेडिकल डाइरेक्टर डा. हरिश जोशीले कार्यशालामा सहभागी सबैलाई शुभकामना दिदै सिकेका ज्ञान र सिप उपचार तथा स्याहारका समयमा उपयोग गर्न आग्रह गरे। अस्पतालले आगामी दिनमा पनि यस किसिमका क्लिनिकल स्किल बढनउने तालिमहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

मन्तव्यकै क्रममा ॐ अस्पतालकी नर्सीङ डाइरेक्टर उमा श्रेष्ठले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा बिरामीका आफन्तबीचको प्रभावकारी संवादको महत्व र हेल्पिङ वेबी व्रिद कार्यशाला र नवजात शिशुको जीवन रक्षा गरेर मृत्युदर घटाउन यसले पुर्‍याएको योगदानवारे प्रकाश पारेका थिए ।

ॐ अस्पतालको सभाकक्षमा आयोजित कार्यशालामा ॐ अस्पतालकी वरिष्ठ बालरोग विशेषज्ञ डा.रिता सिंह, ॐ अस्पतालकी नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ, नर्सिङ इन्सट्रक्टरहरु रेणुका पराजुली, ज्वाला सुवेदी, सरोजा बज्राचार्य, बुद्धलक्ष्मी महर्जन, निशा निरौला र दीपशिखा रजकले प्रशिक्षण दिएका थिए ।

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले नियमित नर्सिङ शिक्षा कार्यक्रमसँगै समय समयमा यस किसिमका विशेष कार्यशाला सञ्चालन गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?