प्रचण्डलाई पठाए चिनियाँ समकक्षीले बधाई सन्देश: पूर्ण साथ दिने बचन

लोकपथ
49
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ समकक्षी ली खछ्याङले बधाई दिएका छन् ।

नेपालस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङ जीनले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर चिनियाँ प्रधानमन्त्री लीको बधाई नोट हस्तान्तरण गरेको चिनियाँ दूतावासले जानकारी दिएको छ ।

पत्रमा लीले चीन प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको भन्दै दुवै मुलुकका जनताका लागि रणनीतिक साझेदारी कार्यक्रमलाई अघि बढाउने अपेक्षा समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?