काठमाडौं । विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको निर्णय तत्काललाई कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दाहालले बिहिबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएकाे प्रधानमन्त्रीका प्रेस संयाेजक सूर्यकिरण शर्माले लाेकपथलाई जानकारी दिए । ‘ हिजाे नै प्रधानमन्त्रीले अर्थमन्त्रीलाई उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिइसक्नुभएकाे छ,’ लाेकपथसँग शर्माले भने ।
नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट लागू हुने गरी अनधिकृत रूपमा आयात हुने मोबाइल फोनको वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न भन्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएको थियो ।
गत भदौ ३० गतेबाट नेपाल दूरसञ्चार प्राधिकरणले उक्त प्रणालीको परीक्षण शुरू पनि गरेको थियो। साथै सर्वसाधारणलाई आफूले बोक्ने मोबाइल फोन उक्त प्रणालीमा सूचिकृत रहे नरहेको यकिन गर्न समेत दुरसञ्चचार प्राधिकरणले ताकेता गर्दै आएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया