काठमाडौ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन उच्चस्तरीय संयन्त्र गठन गरिएको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र बनेको हो ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ सात दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई प्रभावकारी बनाउन अध्यक्ष ओलीको नेतृत्वमा सरकारमा रहेका दलहरुका बीचमा सहकार्य र समन्वयका लागि उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गरेको बताइएको छ ।
एमाले महासचिव शंकर पोखरेलले यसबारे जानकारी दिँदै पार्टीका उपाध्यक्ष तथा उपप्रधानमन्त्री उवम् अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा न्युनतम साझा कार्यक्रम मस्यौदा समिति गठन भएको पनि बताए ।
यसबाट नयाँ सरकारको काम जनअपेक्षा अनुरुप अघि बढाउन सहयोग पुग्ने उनको विश्वास छ । यसअघि गृहमन्त्री रवि लामिछानेले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट तय गर्न ओलीको संयोजकत्वमा कार्यदल बनेको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया