बागमती प्रदेशसभाका सदस्यहरुले लिए शपथ

लोकपथ
21
Shares

हेटौंडा । बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले प्रदेशसभाका नवनिर्वाचित एक सय ९ प्रदेशसभा सदस्यलाई आज पद तथा गोपनियताको शपथ गराएका छन् ।

हेटौंडास्थित बागमती प्रदेशसभामा १२ जना सदस्यले नेवारी र तीन जना सदस्यले तामाङ भाषामा शपथग्रहण गरेका थिए । ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले बागमती प्रदेश प्रमुख यादचन्द्र शर्मासमक्ष हिजो शपथ लिएका थिए ।

बागमती प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, नेकपा (एकीकृत समाजवादी), नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?