Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

मधेस प्रदेशसभामा कांग्रेस संसदीय दलको नेताको निर्वाचन हुँदै

लोकपथ १४ पुस २०७९, बिहिबार १२:२७
मधेस प्रदेशसभामा कांग्रेस संसदीय दलको नेताको निर्वाचन हुँदै
शेयर गर्नुहोस् Facebook

धनुषा । मधेस प्रदेशसभामा दोस्रो ठूलो दल नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज निर्वाचन हुने भएको छ । उक्त दलको प्रदेश संसदीय दलको नेता निर्वाचन समिति संयोजक चन्द्रशेखरकुमार यादवले आज दिउँसो ३ बजेदेखि ४ बजेसम्म पार्टीको प्रदेश कार्यालयमा मतदानको कार्यक्रम तय भएको जानकारी दिए ।

संसदीय दलको नेताका लागि कृष्णप्रसाद यादव र रामसरोज यादवको उम्मेदवारी परेको उनले बताए । कृष्णप्रसादको प्रस्तावकमा वीरेन्द्रप्रसाद सिंह र सुनिलकुमार यादव तथा समर्थकमा जङ्गीलाल राय र नागेन्द्र साह रहेका छन् ।

यसैगरी रामसरोजको प्रस्तावकमा कौशलकिशोर राय र समर्थकमा जीवछी यादव रहेका छन् । यसअघि पार्टीको महाधिवेशनमा पनि प्रदेश सभापतिका लागि पनि उनीहरु दुवैबीच प्रतिस्पर्धा भएकेमा कृष्णप्रसाद निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।